नेपालको एसियन गेम्सको ढोका बन्द
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। चीनसँग पराजित भएसँगै नेपाली महिला टोलीको एसियन गेम्सको ढोका बन्द भएको छ।
आइतबार सम्पन्न खेलमा चीनले डीएसएस मेथडअनुसार नेपालमाथि ५ विकेटको जित निकालेको हो। नेपाल आईसीसीको वरीयतामा २१औं स्थानमा रहेको टोली हो।
चीन भने ४२औं स्थानमा छ। नेपालले दिएको ४४ रनको लक्ष्य पछ्याएको चीनले ७ ओभरमा ५ विकेट गुमाउँदै ४५ रन बनाएको हो। एसियन गेम्समा छनोट हुन कम्तीमा तेस्रो स्थान हात पार्नुपर्ने थियो।
तर, सेमिफाइनलमा मलेसियासँग २ विकेटले पराजित हुँदै तेस्रो स्थानमा खेल्न पुगेको नेपाललाई चीनले पनि धक्का दिएको हो।
यसअघि समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई नै १९ रनले हराएको थियो।














