आफ्नै कीर्तिमान भेट्न एक रनले चुक्यो नेपाल
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं। कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटअन्तर्गत चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ।
सिंगापुर नेसनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको हो। टी–२० आईमा नेपालको यो दोस्रो उच्च रन हो।
यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। नेपाल यो कीर्तिमान भेट्न एक रनले चुकेको छ। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रन बनाए।
४३ बल खेलेका उनले ५ चौका र १६ छक्का प्रहार गरे। कुशल बलले ४७ बलमा ८ चौका र ५ छक्कासहित अविजित ८५ रन बनाए।
रोहितकुमार पौडेलले २१ बलमा ५ चौका र ७ छक्कासहित अविजित ६९ रन बनाउँदा ओपनर आसिफ शेख ११ रनमा आउट भए।














