पीएसजीले गर्यो च्याम्पियन्स लिग उपाधि रक्षा

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि रक्षा गरेको छ। निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो।
खेलको सुरुआतमै काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर, क्रिस्थियन मोस्केराले उस्मान डेम्बेलेमाथि फउल गरेपछि पीएसजीले पेनाल्टी पायो। डेम्बेलेले त्यसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए।
अतिरिक्त समयमा आर्सनलले पेनाल्टीको बलियो दाबी गरे पनि रेफ्रीले अस्वीकार गरे। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा पीएसजीका खेलाडीहरू बढी सफल देखिए र ४–३ को जित निकाल्दै लगातार दोस्रो वर्ष युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो नाममा लेखाए।
यससँगै प्रशिक्षक लुइस एनरिकेको टोलीले च्याम्पियन्स लिगमा आफ्नो प्रभुत्व कायम राख्दै पुनः युरोपको सर्वश्रेष्ठ क्लब बन्न सफल भएको छ।










-1787756317261.jpeg&w=3840&q=75)



