बिहिबार, ११ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अपरिचित खेलाडी अब बार्सिलोनामा

शनिबार, १६ जेठ २०८३खेलपाटी संवाददाता
अपरिचित खेलाडी अब बार्सिलोनामा
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डन शुक्रबार स्पेनिस च्याम्पियन बार्सिलोनासँग पाँच वर्षको सम्झौतामा आबद्ध भएका छन्। नयाँ सिजन सुरु हुनुअघि आक्रमणपंक्ति पुनर्गठन गर्ने योजनाअन्तर्गत बार्सिलोनाले उनलाई अनुबन्ध गरेको हो।

क्लबले स्थानान्तरण शुल्क सार्वजनिक नगरे पनि स्पेनिस सञ्चारमाध्यमका अनुसार बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई करिब ७ करोड युरो तिरेको बताइएको छ।

२५ वर्षीय गोर्डनले बाल्यकालदेखि नै बार्सिलोनाबाट खेल्ने सपना देखेको बताएका छन्। लिभरपुलमा हुर्किएका उनले त्यही सपना पूरा गर्ने लक्ष्यले सानैदेखि स्पेनिस भाषा सिकेको खुलासा गरे।

‘बार्सिलोनाले रुचि देखाएको थाहा पाएपछि निर्णय गर्न कुनै गाह्रो भएन। यो मैले बाल्यकालदेखि देखेको सपना हो,’ गोर्डनले भने, ‘म सानैदेखि एक दिन बार्सिलोनाबाट खेल्ने विश्वास गर्थें, त्यसैले स्पेनिस भाषा सिकें।’

गोर्डन बिहीबार स्पेन पुगेका थिए। उनले स्वास्थ्य परीक्षण पनि पूरा गरेका थिए। क्याम्प नोउनजिकै तय गरिएको उनको औपचारिक स्थानान्तरणसम्बन्धी केही कागजी प्रक्रिया बाँकी रहेकाले करिब नौ घण्टा ढिला भएको थियो।

बार्सिलोनाका धेरै समर्थकका लागि गोर्डन अपेक्षाकृत कम परिचित खेलाडी हुन्। आर्थिक संकटसँग जुधिरहेको क्लबले ठूलो रकम खर्च गरेर भित्र्याएकाले आफूलाई उच्च अपेक्षाको दबाब हुने उनी स्वीकार्छन्।

‘म त्यो जिम्मेवारीका लागि तयार छु,’ उनले भने। गोर्डनले गत सिजन न्युक्यासलका लागि १७ गोल गरेका थिए। त्यसमध्ये १० गोल च्याम्पियन्स लिगमा आएका थिए। च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाविरुद्ध गरेको प्रदर्शनले क्लब व्यवस्थापनलाई प्रभावित पारेको मानिन्छ।

बायाँ विंगरका रूपमा खेल्ने गोर्डनले दुई वर्ष लगातार ला लिगा जितेको बार्सिलोनाको टोलीमा स्थान बनाउनेछन्। रोबर्ट लेवान्डोस्कीको बहिर्गमनपछि क्लबले आक्रमणपंक्तिमा नयाँ विकल्प खोजिरहेको छ।

गोर्डनले आफ्नो खेलशैली राफिन्हासँग बढी मिल्ने बताएका छन्। ‘मेरो तीव्रता, मेहनत, गति र गोल गर्ने क्षमताका हिसाबले म राफिन्हासँग बढी मिल्छु,’ उनले भने।

गोर्डन आगामी विश्वकपका लागि इङ्ल्यान्ड टोलीमा पनि परेका छन्। इङ्ल्यान्डले जुन १७ मा टेक्सासको आर्लिङ्टनमा क्रोएसियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।

उता बार्सिलोनाका खेलकुद निर्देशक डेकोले थप एक स्ट्राइकर भित्र्याउने प्रयास गरिरहेका छन्। स्पेनिस सञ्चारमाध्यमका अनुसार क्लबले एट्लेटिको मड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने सम्भावना अध्ययन गरिरहेको छ।

यस्तै, गत सिजन मार्कस रासफोर्डले म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा बार्सिलोनाबाट खेलेका थिए। क्लबले उनको बसाइ स्थायी बनाउने वा नबनाउनेबारे पनि विचार गरिरहेको बताइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

Loading ad...
xTreme Energy Drink
नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै

कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण