इरान लगातार दोस्रोपटक च्याम्पियन
शुक्रबार, १५ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। इरानले लगातार दोस्रोपटक काभा महिला भलिबल च्याम्पियनसिको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा काजाकिस्तानलाई ३-१ ले पराजित गरेको हो।
गत संस्करणको उपाधि पनि इरानले जितेको थियोे।
















