भारतसँग नेपालले सकेन
शुक्रबार, १५ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा पदकविहीन भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो। योसँगै भारतले कांस्यपदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार दोस्रोपल्ट पराजित भएको हो।
यसअघि समूह चरणमा भारतले ३–२ को जित निकालेको थियो। योपल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन।
नेपालले सुरुका दुई सेट २२–२५ र २३–२३ ले गुमायो। तेस्रो सेट २५–१५ ले जित्दै पुनरागमन गरेको नेपालले चौथो सेट २२–२५ ले पुन: गुमायो।
















