नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
बिहिबार, १४ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसियन गेम्स छनोटको सेमिफाइनलमा स्थान बनाएको छ।
बिहीबार सम्पन्न खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो। योसँगै नेपाल समूह ‘बी’को विजेता बनेको छ। पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो।
अब नेपालले फाइनल प्रवेश गर्न समूह ‘ए’को उपविजेता मलेसियासँग खेल्नेछ। मलेसियाले बिहीबार नै सम्पन्न खेलमा हङकङलाई ३४ रनले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।
इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन बनाइन्।
अविजित रहेकी उनले ४३ बलमा ५ चौका प्रहार गरिन्। सोनी पाख्रिन २९ र कविता कुँवर १४ रनमा आउट हुँदा सीता रानामगर १३ रनमा अविजित रहिन्।














