कीर्तिमानी वैभव
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। राजस्थान रोयल्सका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन्।
आईपीएल एलिमिनेटरमा सनराइजर्स हैदराबादविरुद्ध २९ बलमा ९७ रन बनाउँदै उनलेआईपीएल सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने नयाँ कीर्तिमान बनाएका हुन्। गेलले २०१२ मा ५९ छक्का प्रहार गरेका थिए। १५ वर्षीय सूर्यवंशीले यस सिजनमा ६५ छक्का प्रहार गरिसकेका छन्।
ध्रुव जुरेलले आफ्नो सबैभन्दा छिटो अर्धशतक बनाए। उनले २० बलमा यो कोशेढुङ्गा पूरा गरे। जुरेल ५१ रनमा आउट भए। उनको इनिङ्समा पाँच चौका र तीन छक्का समावेश थिए।














