पूजाको अलराउन्ड प्रदर्शनसँगै नेपालको जित
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले एसियन गेम्स महिला छनोटमा विजयी सुरुआत गरेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले चीनलाई रनले हराएको हो। योसँगै २ अंक जोडेको नेपालले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालले दिएकफ १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनायो।
चीनकी कप्तान मिङ्यु झुले सर्वाधिक ३० रन बनाइन्। २८ बल खेलेकी उनले २ चौका प्रहार गरिन्। वाङ हुइङ २१, वेई हाइटिंग १८ र जियापिङ लि १५ रनमा आउट भइन्।
नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन्। मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १ विकेट राखे।














