पूजाको अर्धशतकमा चीनलाई मध्यम लक्ष्य
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता
-1779867594203.jpg&w=3840&q=75)
काठमाडौं। उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले एसियन गेम्स महिला छनोटमा चीनलाई १२६ रनको मध्यम लक्ष्य दिएको छ।
मलेसियाको बायोमास ओभलमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेकी थिइन्। योसँगै पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो।
नेपालकी पूजाले सर्वाधिक ६३ रन बनाइन्। ५७ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्।
उनको टी–२० फर्म्याटमा चौथो अर्धशतक हो। यसअघि उनले माल्दिभ्स, नेदरल्यान्ड्स र जिम्बाबेविरुद्ध अर्धशतक प्रहार गरिसकेकी छन्।
सोनी पाख्रिन १८, कविता कुँवर ५, सम्झना खड्का ४ रनमा आउट हुँदा रुवि पोद्दार २२ र रुविना क्षेत्री ४ रनमा अविजित रहे।














