पूजाको करिअरको चौथो अर्धशतक
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीकी उपकप्तान पूजा महतोले एसियन गेम्स महिला छनोटमा चीनविरुद्ध अर्धशतक प्रहार गरेकी छन्।
मलेसियाको बायोमास ओभलमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेकी थिइन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो।
ओपनिङमा आएी पूजाले ४८ बलमा अर्धशतक पूजा गरेकी हुन्। उनले यसक्रममा ५ चौका प्रहार गरिन्। उनको टी–२० फर्म्याटमा चौथो अर्धशतक हो।
यसअघि उनले माल्दिभ्स, नेदरल्यान्ड्स र जिम्बाबेविरुद्ध अर्धशतक प्रहार गरिसकेकी छन्।
नेपाली टोलीमा सम्झना खड्का, पूजा महतो, सोनी पाख्रिन, सीता रानामगर, सिमना केसी, कविता कुँवर, रुवि पोद्दार, रिया शर्मा, मनिषा उपाध्याय र इन्दु बर्मा छन्।














