बैंग्लोरलाई उपाधि रक्षा गर्ने मौका
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोर गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ।
कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतले बैंग्लोरले २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो।
यद्यपि, गुजरातको फाइनलमा पुग्ने मौका अझै बाँकी छ। टोलीले अब शुक्रबार क्वालिफायर २ मा बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको एलिमिनेटरको विजेतासँग सामना गर्नेछ।
बैंग्लोर पाँचौंपल्ट फाइनलमा पुगेको हो। यसअघि २००९, २०११, २०१६ र २०२५ मा फाइनलमा पुगेको थियो। गत सिजनमा पञ्जाब किंग्सलाई हराएर उपाधि जितेको थिए र उपाधि रक्षा गर्नबाट एक कदम टाढा छन्।














