कोलम्बियाको विश्वकप खेल्ने टोलीमा रोड्रिगेज

काठमाडौं। कोलम्बियाका कप्तान जेम्स रोड्रिगेज र बायर्न म्युनिखका विंगर लुइस डियाज आगामी विश्वकपका लागि घोषणा गरिएको कोलम्बियाको टोलीमा परेका छन्।
प्रशिक्षक नेस्टर लोरेन्जोले सोमबार अमेरिका, मेक्सिको र क्यानडामा हुने प्रतियोगिताका लागि टोली सार्वजनिक गरेका हुन्।
कतार २०२२ विश्वकपमा छनोट हुन असफल भएको कोलम्बिया यसपटक विश्वकपमा पुनरागमन गर्दैछ। यो कोलम्बियाको विश्वकप इतिहासमा सातौं सहभागिता हुनेछ। सन् २०१४ को ब्राजिल विश्वकपमा गोल्डेन बुट जितेका जेम्सले अनुभवी टोलीको नेतृत्व गर्नेछन्। टोलीमा क्रिस्टल प्यालेसका डानियल मुनोज र जेफरसन लेर्मा पनि समावेश छन्।
दक्षिण अमेरिकी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको कोलम्बियाले सन् २०१४ मा क्वार्टरफाइनल पुगेको उपलब्धिभन्दा राम्रो नतिजा निकाल्ने लक्ष्य राखेको छ।
कोलम्बियाले जुन १ मा कोस्टारिका र जुन ७ मा जोर्डनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसअघि टोलीले बोगोटामा प्रशिक्षण शिविर गर्नेछ। समूह ‘के’ अन्तर्गत कोलम्बियाले जुन १७ मा उज्बेकिस्तानविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह चरणमा उसले डीआर कङ्गो र पोर्चुगलसँग पनि प्रतिस्पर्धा गर्नेछ।
टोलीः
गोलकिपरः क्यामिलो भार्गास (एटलास), अल्भारो मोन्टेरो (भेलेज सार्सफिल्ड), डेभिड ओस्पिना (एट्लेटिको नासियोनाल)।
डिफेन्डरः डेभिन्सन सान्चेज (गलाटासारे), जोन लुकुमी (बोलोग्ना), येरी मिना (काग्लियारी), विलर डिट्टा (क्रुज अजुल), डानियल मुनोज (क्रिस्टल प्यालेस), सान्टियागो आरियास (इन्डिपेन्डिएन्टे), जोहान मोजिका (मालोर्का), डेइभर माचाडो (नान्टेस)।
मिडफिल्डरः रिचार्ड रियोस (बेन्फिका), जेफरसन लेर्मा (क्रिस्टल प्यालेस), केभिन कास्टानो (रिभर प्लेट), हुआन क्यामिलो पोर्टिला (अथ्लेटिको पारानाएन्से), गुस्ताभो पुर्टा (रेसिङ डे सान्टान्डर), जोन आरियास (पाल्मेइरास), होर्खे कारास्काल (फ्लामेङ्गो), हुआन फर्नान्डो क्विन्टेरो (रिभर प्लेट), जेम्स रोड्रिगेज (मिनेसोटा युनाइटेड), जामिन्टन काम्पाज (रोसारियो सेन्ट्रल)।
फरवार्डः हुआन क्यामिलो हर्नान्डेज (रियल बेटिस), लुइस डियाज (बायर्न म्युनिख), लुइस स्वारेज (स्पोर्टिङ सिपी), कार्लोस आन्द्रेस गोमेज (भास्को डा गामा), जोन कोर्डोबा (एफसी क्रास्नोडार)।










-1787756317261.jpeg&w=3840&q=75)



