गीताको गोलले जित्यो नेपाल
सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले संघर्षपूर्ण जितसहित साफ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा भुटानलाई १–० ले हराएको हो।
योसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ।
यी दुईबीचको खेल २१ मेमा हुने तय छ।
नेपालले खेलको२३औं मिनेटमा अग्रता लिएको थियो। डिफेन्डर गीता रानाको प्रहार विपक्षी खेलाडी दोर्जी इडनलाई लाग्दै गोलमा परिणत भयो। त्यसपछि खेलमा कुनै गोल हुन नै सकेन।










-1787756317261.jpeg&w=3840&q=75)



