मलेसियाविरुद्धको सिरिज क्लिन स्वीप
शुक्रबार, ०८ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले मलेसिया टी–२० आई सिरिज क्लिन स्वीप गरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई सात विकेटले हराएको हो। पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै भेटायो।
नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन्। ३७ बल खेलेकी उनले ३ चौका प्रहार गरिन्।
पूजा महतो ८ र सोनी पाख्रिन १२ रनमा आउट हुँदा कविता कुँवर १९ रनमा अविजित रहिन्।














