भुर्तेलको १७ स्थान सुधार, वरीयताविहीन भए कप्तान रोहित
बुधबार, ०६ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले ओडीआई ब्याटिङ वरीयतामा एकैपल्ट १७ स्थान फड्को मारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी १००औं स्थानमा पुगेका हुन्।
यस्तै, उनका ओपनिङ जोडि आसिफ शेखले पनि ७ स्थान सुधार गरेका छन्। उनी ८६औं स्थानमा पुगेका छन्। दीपेन्द्रसिंह ऐरी ९९औं स्थानमा कायम रहँदा कप्तान रोहितकुमार पौडेल भने शीर्ष १०० मा अटाउन सकेका छैनन्।














