स्कटल्यान्डलाई हराउँदै नेपालको दुई स्थान फड्को
सोमबार, ०४ जेठ २०८३खेलपाटी संवाददाता
-1779096740722.jpeg&w=3840&q=75)
काठमाडौं। इशान पाण्डे र कप्तान रोहितकुमार पौडेलको सानदार ब्याटिङसँगै नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा दुई स्थान फड्को मारेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै २७ खेल खेलेको नेपालले २२ अंक पुर्याएको छ। योसँगै नेपालले नामिबिया र क्यानडालाई पनि उछिनेको छ। एक खेल बढी खेलेको नामिबियाको २२ र तीन खेल कम खेलेको क्यानडाको २१ अंक छ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो।
नेपालका कप्तान रोहितले अविजित ७४ रन बनाए। ९८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।
६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ओपनर आसिफ शेख २९ र कुशल भुर्तेल २८ रनमा आउट भए।














