२०० रनमा पनि पुगेन अमेरिका
शनिबार, ०२ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। स्मित पटेल र शेहान जयसूर्याको अर्धशतकसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो।
अमेरिका पटेलले सर्वाधिक ८३ रन बनाए। ८९ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। शेहानले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए।
यी दुईबीच दोस्रो विकेटका लागि १०० रनको साझेदारी भएको थियो।














