नेपालले बलिङ गर्दै
शनिबार, ०२ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्ध टस हारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा अमेरिका कप्तान साइतेजा मुककामल्लाले टस जितेर ब्याटिङ रोजेका हुन्।
नेपाली टोलीमा ३ परिवर्तन भएको छ । स्कटल्यान्डविरुद्ध खेलेका पेसर करण केसीसँगै विकेटकिपर ब्याटर विनोद भण्डारी र ब्याटर अर्जुन कुमाललाई मुख्य प्रशिक्षक स्टुअर्ट लले आराम दिएका छन्।
करणको स्थानमा सोमपाल कामी, विनोदको स्थानमा कुशल भुर्तेल र अर्जुनको स्थानमा इशान पाण्डेले मौका पाएका छन्।
नेपालको प्लेइङ-११
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), इशान पाण्डे, आरिफ शेख, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी














