त्रिवि मैदानमा स्कटल्यान्डको कीर्तिमान
बिहिबार, ३१ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। स्कटल्यान्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएई र नेपालले एकै इनिङ्समा बनाएको सबैभन्दा बढी रनको कीर्तिमान भंग गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले ३२१ रन बनाएको हो। यद्यपि, यो टोलीले युएई र नेपालभन्दा ३ ओभर कम खेल्यो।
१६ मार्च २०२३ मा युएईले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। २१ अप्रिल २०२३ मा भने नेपालले ओमानविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको थियो।
यद्यपि, यी दुवै कीर्तिमान स्कटल्यान्डले भंग गरेको हो।














