इशान पहिलोपल्ट एकदिवसीय टोलीमा
शनिबार, २६ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डविरूद्ध हुने सिरिजका लागि नेपालले टोली घोषणा गरेको छ।
रोहितकुमार पौडेलको कप्तानी रहेको टोलीमा इशान पाण्डेले पहिलोपल्ट टोलीमा स्थान बनाएका छन्। यस्तै, बसीर अहमदले भने आफ्नो स्थान गुमाएका छन्।
टोलीमा कप्तान रोहित र इशानसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्।












