सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि
शनिबार, २६ बैशाख २०८३खेलपाटी संवाददाता

विराटनगर। सिरहा हवले दोस्रो संस्करणको नेपाल हव पुरुष प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार भएको फाइनल खेलमा विराटनगर हवलाई २४ रनले पराजित गर्दै सिरहाले उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ११० रन बनाएको थियो।
सिरहाका प्लेयर अफ दी फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए। विराटनगरका अभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए।
१११ रनको लक्ष्य पाएको विराटनगरले १८.३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सीमित भयो। विराटनगरका मनिष कामतले २५ रन बनाउँदा क्षीतिज करण १६ रनको योगदान गरे।
सिरहाका आयुष विकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए।












