दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य
सोमबार, २१ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानसम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग २ को सिरिजमा दर्शक नआएपछि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य घटाएको छ।
जारी सिरिजमा क्यानले प्रतिखेलको टिकट मूल्य ४०० रुपैयाँ राखेको थियो। तर, ५० ओभरको खेलमा दर्शक नआएपछि क्यानले सोमबार टिकट मूल्य आधा घटाउँदै २०० रुपैयाँमा झारेको हो।
क्यानका अनुसार घटेको मूल्य मंगलबार हुने नेपाल र ओमानबीचको खेलदेखि नै लागु हुनेछ।
यस्तै, १२ मेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल, अमेरिका र स्कटल्यान्डसम्मिलित सिरिजमा पनि यही मूल्य कायम हुने भएको छ।














