युएईमाथि शतप्रतिशत जित
शुक्रबार, १८ बैशाख २०८३खेलपाटी संवाददाता
-1777639738077.jpeg&w=3840&q=75)
काठमाडौं। ब्याटिङमा दीपेन्द्रसिंह ऐरीको शतक र बलिङमा लेग स्पिनर सन्दीप लामिछानेको ऐतिहासिक १०० विकेट कायम भएको दिन नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा युएईमाथि रोमाञ्चक जित निकालेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले भ्रमणकारी टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई डीएलएस मेथर्डमार्फत ६ रनले पराजित गरेको हो। योसँगै यो सिरिजमा नेपालले युएईमाथि शतप्रतिशत जित निकालेको छ।
पहिलो खेलमा नेपाल ३६ रनले विजयी भएको थियो।












