पुछारका दुई टोली भिड्दै
बिहिबार, १७ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ मा शुक्रबार अंक तालिकाका पुछारका दुई टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) पुन: भिड्दै छन्।
पहिलो खेलमा ३७ रनको फराकिलो जित निकालेको नेपाल यस खेलमा पनि सोही लयलाई दोहोर्याउने तयारीमा हुनेछ। यता युएई भने पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बाट सुरु हुनेछ। पछिल्ला ५ भेटमा नेपालले ३ खेल जितेको छ। बाँकीका दुई खेलमा भने युएईले बाजी मारेको छ। यद्यपि, हेड टु हेडमा भने नेपाल अगाडि छ। नेपालले १० खेल जित्दा युएईले ७ खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ।
यद्यपि, यी दुई टोली लिग २ को अंक तालिकामा पुछारमा छन्। नेपाल २२ खेलबाट १४ अंक बटुल्दै सातौं स्थानमा छ।
समान खेल खेलेको युएई १२ अंकसहित आठौं स्थानमा छ।






%20(1)-1777447778534.jpeg&w=3840&q=75)







