बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो
आइतबार, १३ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सान्या २०२६ अन्तर्गत महिला बीच कबड्डी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको छ।
प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले नेपाललाई ४६–२३ को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको श्रीलंकाले लगातार अंक जोड्दै नेपालमाथि दबाब बनाएको थियो।
नेपाली टोलीले केही उत्कृष्ट ट्याकल र रेडमार्फत फर्कने प्रयास गरे पनि श्रीलंकाको बलियो डिफेन्स र व्यवस्थित खेलका कारण खेलमा फर्किन सकेन।
पहिलो हाफदेखि नै अग्रता लिएको श्रीलंकाले दोस्रो हाफमा झन् उत्कृष्ट प्रदर्शन गर्दै अन्तर बढाएको थियो। नेपालले भने केही अवसर सिर्जना गरे पनि अंकमा रूपान्तरण गर्न नसक्दा हार व्यहोर्नुपर्यो।
यस जितसँगै श्रीलंका फाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।







-1776523830982.png&w=3840&q=75)






