सिनियर टोलीमा सन्तोषको डेब्यु
मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। सन्तोष यादवले टी–२० आई टोलीमा डेब्यु गर्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध केहीबेरपछि हुने दोस्रो टी–२० आई खेलमा उनले डेब्यु क्याप पाएका हुन्। उनी टी–२० आईमा डेब्यु गर्ने ५५औं खेलाडी हुन्।














