पहिलो खेलमै नेपाल पराजित
शनिबार, ०५ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी महिला टी–२० आई च्यालेन्स ट्रफीमा खराब सुरुआत गरेको छ।
शनिबार सम्पन्न पहिलो खेलमा नेपाल ४४ रनले पराजित भएको हो। अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७९ मात्र बनाउन सक्यो।
नेपालकी बिन्दु रावलले सर्वाधिक २७ रन बनाए। ४५ बल खेलेकी उनले एक चौका प्रहार गरिन्।
कविता जैशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
अमेरिकाका माही माधवन र तरानुम चोपराले समान २ विकेट लिए।














