च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

काठमाडौं। आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। १८ अप्रिलदेखि १ मेसम्म प्रतियोगिता रुवान्डामा हुँदैछ।
प्रतियोगितामा घरेलु टोली र नेपालसहित इटाली अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिता खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार बिदाइ गरेको हो।
नेपालले पहिलो खेल १८ अप्रिलमा अमेरिकासँग खेल्नेछ। १९ अप्रिलमा इटाली र २२ अप्रिलमा घरेलु टोलीसँग खेल्ने तय छ।
२४ अप्रिलमा भानुआतु र २६ अप्रिलमा अमेरिका, २८ अप्रिलमा रुवान्डा, ३० अप्रिल भानुआतु र १ मेमा पुन: इटालीसँग खेल्नेछ।
नेपाली टिम :
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनीषा उपाध्याय
मुख्य प्रशिक्षक : हर्षल पाठक
सहायक प्रशिक्षक : रिजन प्रजु













