मधेश र लुम्बिनी जय ट्रफीमा छनोट
मंगलबार, ०१ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। बागमतीलाई ३४ रनले पराजित गर्दै लुम्बिनी प्रदेश पहिलोपल्ट जय ट्रफीमा छनोट भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले यसपल्टदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका शीर्ष ६ टोलीलाई रातो बलको जय ट्रफी खेलाउने घोषणा गरिसकेको छ। सुरुआती २ संस्करणमा भने समान ४ टोली थिए।
योसँगै तालिकामा ८ अंकसहित आठौं स्थानमा कायम बागमतीले जय ट्रफी गुमाउने भएको छ। बागमतीले अघिल्ला दुई संस्करणमा यो प्रतियोगिता खेलेको थियो। यसपल्ट मधेशसँगै लुम्बिनी पहिलोपल्ट छनोट भएको छ। मधेशले भने २०२४ को संस्करण खेलेको थियो।
एक खेल खेल्न बाँकी मधेशको ९ अंक छ। लुम्बिनीको पनि समान अंक छ। यी दुई शीर्ष ६ मा अटिसकेका छन्। यसअघि नै आर्मी, सुदूरपश्चिम प्रदेश, एपीएफ र नेपाल पुलिस क्लब छनोट भइसकेका छन्।
गण्डकी, कर्णाली र कोशी भने छनोट हुन सकेनन्।













