गिललाई भारी जरिबाना
बिहिबार, २६ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। गुजरात टाइटन्सका कप्तान शुभमन गिलमाथि १२ लाख भारु (१९ लाख २० हजार नेपाली रुपैयाँ)को जरिबाना लगाइएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध खेलमा स्लो ओभर–रेटका कारण उनलाई यो कारबाही गरिएको हो।
आईपीएलद्वारा जारी गरिएको मिडिया सूचनाअनुसार गुजरातले खेलका क्रममा निर्धारित समयमा आफ्ना ओभर पूरा गर्न सकेको थिएन। यो सिजनमा टोलीको पहिलो गल्ती भएकाले आईपीएल आचारसंहिताको धारा २.२२ अन्तर्गत गिलमाथि १९ लाख २० हजार रुपैयाँ जरिबाना गरिएको हो।
यस खेलमा गुजरातले रोमाञ्चक जित हात पार्दै दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गरेको थियो।














