आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं। कप्तान विनोद भण्डारीको शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
बिहीबार सम्पन्न खेलमा आर्मीले अंक तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै आर्मीले ७ खेलबाट १३ अंक पुर्याएको छ। एक खेल बढी खेलेको सुदूरपश्चिमको भने १० अंक छ।
सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछ्याएको आर्मीले २०.२ ओभरमा ३ विकेट गुमाउँदै १५५ रन बनायो।
आर्मीका कप्तान विनोदले शतक पूरा गरे। ७५ बल खेलेका उनले १२ चौका र ५ छक्का प्रहार गरे। जारी प्रतियोगितामा विनोदको यो पहिलो शतक हो।
भीम सार्की १६ रनमा आउट हुँदा कुशल मल्ल २६ रनमा अविजित रहे।
सुदूरपश्चिमका शेर मल्लले २ र मिलन बोहराले १ विकेट लिए।
त्यसअघि जनकपुरस्थित रामजानकी बहूद्देश्यीय रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनाएको थियो।
सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक ६३ रन बनाए। ६० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। अभिषेक पाल २४, खड्क बोहरा १३ र अशोक धामी ११ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।
आर्मीका बसीर अहमदले सर्वाधिक ५ विकेट लिए। ९.१ ओभर बलिङ गरेका उनले १ मेडनसहित ३५ रन खर्चिए।
शहाब आलम र नरेन साउदले समान २ विकेट लिँदा आकाश चन्दले १ विकेट राखे।











-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


