नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

काठमाडौं। नेपाल पुरुष क्रिकेट टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) लाई आतिथ्यता दिने भएको छ। यो सिरिज २५ अप्रिलदेखि सुरु हुनेछ।
यो सिरिज १० मार्चदेखि सुरु हुने तालिका थियो। तर, इरान–इजरायल–अमेरिका युद्धका कारण स्थगित भएको थियो। अब सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) जनाएको छ।

यस सिरिजपछि नेपालले अर्को लिग–२ सिरिजमा स्कटल्यान्ड र अमेरिकालाई पनि २१ मेदेखि आतिथ्यता दिनेछ। लिग–२ सन् २०२७ मा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप २०२७ मा छनोट हुने माध्यम हो। उक्त विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने तय छ।
लिग २ मा आठ टोली सहभागी छन्। शीर्ष चार टोली विश्वकप छनोट चरणमा पुग्नेछन्। त्यसपछि अन्तिम चार टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
नेपाल हालै आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा १२ वर्षपछि पहिलो जित हासिल गर्दै उच्च मनोबलका साथ मैदान उत्रँदैछ।






-1786005627596.jpeg&w=3840&q=75)



-1786196245905.jpeg&w=3840&q=75)

-1786188782049.jpeg&w=3840&q=75)



