बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमतीको जितमा सन्दीपको ५ विकेट

बुधबार, २५ चैत्र २०८२खेलपाटी संवाददाता
बागमतीको जितमा सन्दीपको ५ विकेट
Loading ad...
mustang rice ad

काठमाडौं। कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ।

बुधबार सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै बागमती ६ अंकसहित सातौं स्थानमा उक्लिउको छ। कोशी भने ३ अंकसहित १० टोली सम्मिलित प्रतियोगिताको नवौं स्थानमा छ।

कोशीले दिएको १०० रनको सामान्य लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेटको क्षतिमा भेटाएको हो।

बागमतीका मध्यक्रमका ब्याटर विवेक मगरले सर्वाधिक ६१ रनको इनिङ्स खेले। अविजित रहेका उनले २८ बलमा १० चौका र दुई छक्का प्रहार गरे।

ओपनर रिङजिन लामाले १७ रनको योगदान दिँदा प्रतीश जिसी १७ रनमा अविजित रहे।

कोशीका विपिन महतोले सर्वाधिक २ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए। ज्ञानेन्द्र श्रेष्ठले १ विकेट राखे।

त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले २८.२ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो।

कोशीका कप्तान सुजन थपलियाले सर्वाधिक २१ रनको योगदान दिए। ४२ बल खेलेका उनले २ चौका प्रहार गरे।

अंकित सुवेदी १९, रोहन शाह १८ र शिवाश बजगाईंले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

बागमतीका कप्तान सन्दीपले ह्याट्रिकसहित ५ विकेट लिए। उनले ७.२ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर ५ विकेट लिएका हुन्।

रिजन ढकालले २ विकेट लिँदा ईशान पाण्डे र प्रतीश जिसीले समान १ विकेट राखे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन