गुजरातको सामान्य लक्ष्य
मंगलबार, १७ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो।
मुल्लानपुरमा पञ्जाबले बलिङ रोजेको थियो। गुजरातले ६ विकेट गुमाउँदै १६२ रन बनाएको हो।
गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ३९ रन बनाए। २७ बल खेलेका उनले ६ चौका प्रहार गरे।
जोस बटलरले ३३ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए। ग्लेन फिलिप्स २५, वाशिङ्टन सुन्दर १८, साई सुदर्शन १३ रनमा आउट हुँदा राहुल तेवटिया ११ रनमा अविजित रहे।
पञ्जाबका विजयकुमार वैशाखले ३ र युजवेन्द्र चहलले २ विकेट लिए।









-1774972470258.webp&w=3840&q=75)


