बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

बुधबार, ०४ चैत्र २०८२खेलपाटी संवाददाता
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने
Loading ad...
mustang rice ad

काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ अन्तिम साता हुने भएको छ ।

बुधबार काठमाडौंमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४औं बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड २०८३ जेठ १ देखि ३ गतेसम्म गर्ने निर्णय पनि गरेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामाले जानकारी दिए ।

यस्तै खेलकुद संग्रहालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, कराते, आईटीएफ तेक्वान्दो, तेक्वान्दो, उसु, जुडो, फुलकन्ट्याक्ट कराते, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, एथलेटिक्स, बुद्धिचाल, पौडी र टेबुलटेनिस गरी १५ खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुई हजार नौ सय ५५ खेलाडी, एक हजार दुई सय ६ अफिसियल गरी चार हजार एक सय ६१ जना सहभागी हुने छन् । जसमध्ये फुटबलमा तीन सय ६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने ४० प्रशिक्षक तथा व्यवस्थापक एवं २० जना निर्णायक परिचालन हुने छन् ।

यस्तै भलिबलमा ३१२, करातेमा २१८, आईटीएफमा २१८, तेक्वान्दोमा २६२, उसुमा १५९, जुडोमा १३८, फुलकन्ट्याक्ट करातेमा १३०, क्रिकेटमा २२४, ब्याडमिन्टनमा ७८, बक्सिङमा १७०, एथलेटिक्समा ४५५, बुद्धिचालमा ७८, पौडीमा ७५ र टेबुल टेनिसमा ७८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको सदस्य–सचिव लामाले बताए ।

यसैगरी राष्ट्रपति रनिङ सिल्डमा कराते, भलिबल, तेक्वान्दो, उसु, कबड्डी र एथलेटिक्सका एक हजार दुई सय २२ खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

Loading ad...
LiNing Ad
#bagmatisportsbagmatikhelkud#deepaklama

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा