मंगलबार, १२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

मंगलबार, १२ फाल्गुण २०८२खेलपाटी संवाददाता
भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही
Loading ad...
mustang rice ad

काठमाडौं। युरोपेली फुटबल महासंघ (यूईएफए)ले सोमबार बेन्फिका खेलाडी जियानलुका प्रेस्टियानीलाई एक खेलमा प्रतिबन्ध लगाएको छ। उनीमाथि रियल मड्रिडका खेलाडी भिनिसियस जुनियरलाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ।

यस निर्णयका कारण प्रेस्टियानीले बुधबार हुने च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेग गुमाउने छन्। पहिलो लेगमा रियल मड्रिडले लिस्बनमा १–० को जित निकालेको थियो। यसमा भिनिसियसले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए।

भिनिसियसले गोल गरेपछि बेन्फिकाको कर्नर फ्ल्यागतर्फ गएर नाच्दै उत्सव मनाएका थिए। उक्त नाचले घरेलु समर्थक र केही खेलाडीलाई असन्तुष्ट बनाएको थियो। त्यसपछि प्रेस्टियानीले उनीमा केही बोलेको जस्तो सुनिएको थियो। भिनिसियसले प्रेस्टियानीले आफूलाई बाँदर भनेर सम्बोधन गरेको आरोप लगाएका छन्।

प्रेस्टियानीले भने जातीय अपमान नगरेको दाबी गरेका छन्। खेल करिब १० मिनेट रोकिएको थियो र यूईएफएको जातीय विभेदविरुद्धको प्रोटोकल सक्रिय गरिएको थियो।

तर, प्रेस्टियानीले कुरा गर्दा आफ्नो जर्सीले मुख छोपेका कारण ठोस प्रमाण नपाइएकाले तत्काल थप कारबाही गरिएको थिएन। भिनिसियसलाई भने गोल उत्सवका कारण पहेंलो कार्ड देखाइएको थियो।

यूईएफएले आफ्नो नियन्त्रण, नैतिकता तथा अनुशासन निकाय (सीईडीबी) को निर्णय विभेदपूर्ण व्यवहारसँग सम्बन्धित रहेको जनाएको छ। साथै अनुसन्धान सकिएपछि अनुशासन निकायले गर्ने अन्तिम निर्णयमा यसले असर नपार्ने पनि स्पष्ट पारेको छ।

फिफा अध्यक्ष जियानी इन्फान्तिनोले खेलपछि उक्त घटनाले आफू स्तब्ध र दुःखी भएको बताएका थिए। उनले रेफ्रीले जातीय विभेदविरुद्धको प्रोटोकल सक्रिय गरेकोमा प्रशंसासमेत गरेका छन्।

बेन्फिकाले प्रेस्टियानीलाई समर्थन जनाएको छ। क्लबका अनुसार कथित अपमान सुनेको दाबी गर्ने रियल मड्रिडका खेलाडीहरू धेरै टाढा थिए। क्लबले यूईएफएको अनुसन्धानलाई स्वागत गर्दै प्रेस्टियानीको व्यवहार सधैं सबैप्रति सम्मानपूर्ण रहेको बताएको छ।

भिनिसियसले गोल उत्सव मनाउँदा बेन्फिकाका केही समर्थकले बोतल तथा अन्य वस्तु मैदानतर्फ फ्याँकेका थिए। त्यसपछि प्रेस्टियानीले जर्सीले मुख छोपेर भिनिसियससँग केही भनेका थिए।

प्रेस्टियानीले आफ्नो भनाइ गलत बुझिएको दाबी गरेका छन्। बेन्फिकाका केही खेलाडीले पनि उनले उक्साएको भए पनि जातीय अपमान नगरेको बताएका छन्।

रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पेले भिनिसियसको खुलेर समर्थन गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा ‘नाच भिनी, कहिल्यै नरोकिनु’ भन्दै सन्देश पोस्ट गरेका थिए। साथै उनले प्रेस्टियानीले च्याम्पियन्स लिगमा फेरि खेल्न नपाउने दाबीसमेत गरेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो