ईबु केबेको ह्याट्रिक प्लानिङको जित

काठमाडौं। पापा ईबु केबेको ह्याट्रिकसँगै प्लानिङ ब्वाइज युनाइटेडसँग राष्ट्रिय लिगमा संकटा क्लबले हार बेहोरेको छ।
सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले ४–० ले जित निकालेको हो। लिगमा प्लानिङ ब्वाइजको पाँचौं जित हो।
यो जितसँगै ७ खेल खेलेको प्लानिङ ब्वाइजले १६ अंक जोडेको छ। संकटाको भने तेस्रो हार हो। समान खेलबाट संकटाको ६ अंक छ। खेलको १९औं मिनेटमा प्रतापसिंह राईको पासमा ईबु केबेले गोल गर्दै प्लानिङ ब्वाइजलाई सुरूआती अग्रता दिलाए।
त्यस्तै ३०औं मिनेटमा रोमन भुजेलको पासमा श्यामु मुर्मुले उत्कृष्ट गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनायो। ७७औं मिनेटमा संकटाको विशाल तामाङले पेनाल्टी बाहिरबाट गरेको प्रहारलाई प्लानिङ ब्वाइजको गोलकिपर योगेश धिमालले उत्कृष्ट बचाउ गरे।
त्यसको तीन मिनेटपछि संकटाको गलत पासमा ईबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङ ब्वाइजलाई ३–० को स्थिति ल्याए। खेलको अन्तिम मिनेटमा ईबु केबेले प्लानिङ ब्वाइजका लागि पुन: गोल गर्दै ह्याट्रिक पूरा गरे।










-1771850031377.png&w=3840&q=75)
-1771833812248.jpeg&w=3840&q=75)
