बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

बिहिबार, २९ माघ २०८२खेलपाटी संवाददाता
१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं। टी–२० विश्वकप २०२६ मा जितविहीन यात्रालाई अन्त्य गर्ने लक्ष्यसहित नेपालले बिहीबार प्रतियोगितामा डेब्यु गरिरहेको इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

१२ वर्षअघि प्रतियोगितामा डेब्यु गरेको नेपालले सन् २०१४ संस्करणमा हङकङ र अफगानिस्तानलाई हराउँदै दुई जित निकालेको थियो। तर, त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको छैन। यद्यपि, पछिल्ला संस्करणमा नेपाल टेस्ट राष्ट्रहरूविरुद्ध पनि निकै नजिक पुगेर पराजित हुँदै आएको छ।

सन् २०२४ मा नेपाल दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनले पराजित भएको थियो। गत आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्याण्डविरुद्ध चार रनको झिनो हार बेहोरेको थियो। त्यसपश्चात नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा विशेष चर्चा कमाएको छ।

दुई पटकको विश्व च्याम्पियन इंग्ल्याण्डलाई कडा टक्कर दिएको नेपालले सीमित अन्तर्राष्ट्रिय अवसरका बाबजुद उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता देखाएको थियो। वानखेडेमा उपस्थित १७ हजार ८ जना दर्शकले नेपालका लागि गरेको उत्साहजनक समर्थनले घरेलु टोली खेलेझैं माहोल सिर्जना गरेको थियो।

नेपालका कुशल भुर्तेल आक्रामक सुरुआत दिलाउन सक्षम ब्याटरको भूमिकामा देखिन्छन्। दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र आरिफ शेखले टोलीलाई मध्यक्रममा मजबुत बनाएका छन्। इंग्ल्याण्डविरुद्ध लोकेश बमले जोफ्रा आर्चर र आदिल राशिदजस्ता बलरविरुद्ध आक्रामक ब्याटिङ गर्दै सनसनी मच्चाएका थिए।

तर, करण केसीले आवश्यकता अनुसार जिम्मेवार भूमिका निर्वाह गर्न नसक्दा इंग्ल्यान्डले नेपाललाई १८५ रनको विशाल लक्ष्य खडा गरेको थियो।

यद्यपि, नेपालले सुधार गर्नुपर्ने केही पक्षहरू पनि देखिएका छन्। इंग्ल्याण्डविरुद्धको उच्च लक्ष्य पछ्याउने क्रममा मध्य ओभरमा पर्याप्त बाउन्ड्री निकाल्न सकेन। बलिङतर्फ पनि अधिकांश समय कसिलो प्रदर्शन गरे पनि डेथ ओभरमा बढी रन खर्चिएको थियो।

उता, प्रतियोगिताको पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको इटाली नयाँ सुरुआत गर्ने लक्ष्यमा हुनेछ। उक्त खेलको सुरुमै कप्तान वेन म्याडसेनको काँध डिस्लोकेट भएपछि टोलीलाई झट्का लागेको छ। नेपालविरुद्धको खेलमा ह्यारी मानेन्टीले कप्तानी सम्हाल्ने सम्भावना छ।

स्कटल्याण्डविरुद्ध इटालीले सात फरक–फरक बलिङ विकल्प प्रयोग गरेको थियो। तर, २०८ रनको लक्ष्य रोक्न सकेन। जवाफी ब्याटिङमा इटालीका ६ जना ब्याटर एकोहोरो रनमा आउट हुँदा तीन जनाले खाता नै खोल्न सकेनन्। बेन मानेन्टीको अर्धशतक र ह्यारीको केही आक्रामक प्रहारबाहेक टोलीको प्रदर्शन कमजोर रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित