ब्याटिङमा बलियो भारत

टी–२० विश्वकप २०२६ विशेष
काठमाडौं। अक्टोबर २०२३ यता भारतीय टी–२० टोलीले मैदानमा जुन दबदबा कायम गरेको छ, त्यो अंकमा मात्र होइन, खेलको नतिजा पनि देखिन्छ।
४८ खेलमध्ये यो टोलीले ४० जित हात पारेको छ। जम्मा आठ खेलमा पराजित भएको तथ्यले टोलीको स्थिरता र आत्मविश्वास प्रस्ट देखाउँछ।
सुपर ओभरमा पनि ३–० को कीर्तिमानले यो टोली मानसिक रूपमा पनि बलियो रहेको प्रमाणित गर्छ। यही लयकाका साथ भारत २०२६ टी–२० विश्वकपमा प्रवेश गर्दैछ।
भारतीय टोलीको बलियो पक्ष भनेको आक्रामक ब्याटिङ हो। पछिल्ला ६२ खेलमा २० पटक २०० रन वा बढीको स्कोर बनाएको छ।
रन रेट ९.६९ हुनु र न्यूजिल्यान्डसँगको सिरिजमा पाँच खेलमध्ये तीनमा २०० रन पार गरेको थियो। अझ १५४ रनको लक्ष्य १० ओभरमै पार गर्नुले भारत विश्वकपको उपाधि रक्षा गर्न सक्षम छ भन्ने देखाउँछ।
ब्याटिङमा बलियो भारत
भारतको बलियो पक्ष भनेकै अभिषेक शर्मा, सूर्यकुमार यादव, इशान किशन, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे र रिन्कू सिंहजस्ता ब्याटर हुन्। यी खेलाडीले भारतको ब्याटिङ अर्डरलाई बलियो बनाएको छ। मिडल–अर्डरमा सञ्जु सैमसन छन्।
तर, हालको प्रदर्शन केही चिन्ता बढाएको छ। यद्यपि, टोलीको समग्र संरचनामा भने केही असर नगर्ने भारतीय पूर्वक्रिकेटरहरू बताउँछन्। पिच ब्याटरमैत्री भए भारतलाई रोक्न प्राय: असम्भव जस्तो हुने गरेको छ।
टी–२० विश्वकपमा छक्का हान्न सक्ने क्षमता पनि भारतको ठूलो हतियार हो। अक्टोबर २०२३ यता भारतीय टोलीले एक हजार ८१ छक्का हानेको छ। त्यो भनेको प्रत्येक १०.९९ बलमा एक छक्काल हो। व्यक्तिगत कुरा गर्ने हो भने अभिषेकको प्रदर्शन सबैभन्दा प्रभावशाली छ।
उनले २४९ छक्का प्रहार गरेका छन्। त्यो भनेको प्रत्येक ६.७८ बलमा एक छक्का हो। उनको स्ट्राइक रेट २०० भन्दा बढी छ। इशान, हार्दिक र शिवम पनि औसत ११ बलभन्दा कममा छक्का हान्न सक्ने ब्याटर हुन्।
तर चुनौतीपूर्ण पक्ष पनि छ। न्यूजिल्यान्डका फिन एलन र डेवाल्ड ब्रेविस तथा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र टिम डेविड मिडल–अर्डरमा बलिया छन्। तर, एसियाली पिचमा उनीहरूको प्रभाव देखिन बाँकी छ।













