बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

बुधबार, २१ माघ २०८२खेलपाटी संवाददाता
युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया
mustang rice ad

टी–२० विश्वकप २०२६ विशेष

काठमाडौं। पछिल्ला दुई वर्षमा अस्ट्रेलियाले आफ्नो टी–२० आई खेलमा उल्लेखनीय सुधार गरेको छ। २४ खेल खेलेको यो टोलीले १७ जित र ७ हार बेहोरेको छ।

गत वर्ष जुलाई–अक्टोबरमा वेस्ट इन्डिज, साउथ अफ्रिका र न्यूजिल्यान्डविरुद्ध सिरिज जित्दा अस्ट्रेलियाले एक मात्र खेल गुमाएको थियो। पाकिस्तान दौडमा भने अस्ट्रेलियाले नयाँ र अनुभवीसहित मिश्रित टोली लगेको थियो। उक्त टोली तीन खेलमा पराजित भयो। योसँगै टोलीले स्पिन विभागमा सुधार गर्नुपर्ने शिक्षा पाएर फर्कियो।

तर, सोही टिमसँग लाहोरमा भर्खरै सम्पन्न सिरिजमा भने अस्ट्रेलियाले सुधारिएको प्रदर्शन गर्‍यो। ३–० को उक्त नतिजाले समेत अस्ट्रेलिया अब विश्वकपमा कमजोर नरहेको प्रमाणित गर्छ।

412588

तर, इतिहासले भने निरन्तरता चुनौतीपूर्ण रहेको देखाउँछ। २०२१ मा घरमै जितेको उपाधि रक्षा गर्न यो टोली असफल रह्यो। २०२४ मा त भारतले अस्ट्रेलियालाई सेमिफाइनलमै रोक्यो। त्यसपछिका डेविड वार्नर, मैथ्यू वेड, मिचेल स्टार्क र ऐश्टन एगारजस्ता अनुभवी खेलाडीले सन्न्यास लिँदा टिम संरचनामा ठूलो परिवर्तन आयो।

युवा र अनुभवीको मिश्रण

टिममा पुराना सिनियर खेलाडीहरू अझै अहम् भूमिका खेलिरहेका छन्। क्यामरुन ग्रीन, जोश इंग्लिस र नाथन एलीसले स्थिरत प्रदर्शन गरिरहेका छन्। पेसर प्याट कमिन्सको अनुपस्थितिले जेभियर बार्टलेजस्ता नयाँ खेलाडी उदाएका छन्। उनी पहिलो पटक विश्वकपमा देखिनेछन्।

स्पिन विभाग पनि सशक्त छ। ऐडम जम्पा र ग्लेन म्याक्सवेलले टोलीमा निरन्तरता पाएका छन्। मैथ्यू कुन्हेमन तथा कूपर कोनलीको युवा ऊर्जाले अस्ट्रेलियालाई थप मजबुत बनाएको छ।

म्याक्सवेल र मार्कस स्टोनिसले आगामी विश्वकपमा निर्णायक भूमिका खेल्न सक्छन्। २०२८ मा अस्ट्रेलिया आफैंले घरेलु मैदानमा विश्वकप आयजना गर्दैछ। त्यसैले यो विश्वकपले यस्ता अनुभवी खेलाडलाई टिममा राख्ने या नराख्ने भन्ने निर्णय पनि गर्नेछ।

412584

कप्तान मिचेल मार्श रेड–बल क्रिकेटबाट अलग भएकाले अर्को विश्वकपमा खेल्ने सम्भावना बढाएको छ। जोश हेजलवुड र कमिन्सका लागि फर्म्याट सन्तुलन महत्त्वपूर्ण हुनेछ।

अस्ट्रेलियाका पहिलो चरणका सबै खेल श्रीलंकामै छन्। स्पिनरको टिम भएका कारण श्रीलंकाको पिचले टोलीको परीक्षा लिने सम्भावना छ।

तर, राहतको कुरा भनेको अस्ट्रलियाले सुपर–८ का खेल भारतमा खेल्नेछ। भारतको पिचमा भने यो टोलीका अधिकांस खेलाडीले खेलिसकेका छन्। तर, चेन्नईको जस्तो स्पिनमैत्री पिचमा अस्ट्रेलियाको प्रदर्शन कस्तो हुन्छ? हेर्नलायक हुनेछ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

Bajaj Pulsar Motorcycle Ad
जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित