मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फरक दिशातर्फ अघि बढेको नेपाल

मंगलबार, २० माघ २०८२खेलपाटी संवाददाता
फरक दिशातर्फ अघि बढेको नेपाल
mustang rice ad

टी–२० विश्वकप २०२६ विशेष

काठमाडौं। नेपाल क्रिकेट लामो समयसम्म भावनामा चलेको खेल थियो। समर्थकको भीड, सामाजिक सञ्जालको उत्साह र आकलझुकलमा गर्ने प्रदर्शनले प्राय: वाहवाही बटुलिरहन्थ्यो।

तर, पछिल्ला दुई वर्षमा यो टोली बिस्तारै फरक दिशातर्फ अघि बढेको छ। अब कुरा खेल्ने मात्र होइन, प्रतिस्पर्धा गर्नेसम्ममा पुगेको छ। २०२४ को टी–२० विश्वकपमा अमेरिका र क्यारिबियनमा नेपालले देखाएको प्रदर्शन त्यसको संकेत दिन्छ।

दक्षिण अफ्रिकालाई एक रनले हार्नुको पीडादायक टोलीमा थियो। तर, बंगलादेशलाई १०६ रनमै समेट्नुले नेपालसँग खेल जित्न सक्ने क्षमता छ भन्ने स्पष्ट देखायो। त्यो बेला कमजोरी सीपमा होइन, दबाब सम्हाल्ने अनुभवमा नेपाल परिपक्क बन्न सकेको थिएन।

621842333_1356800603142983_4763135197311917739_n

तर, त्यसपछि नेपाललाई स्थिर बनाएको छ। त्यो ओमानमा भएको टी–२० विश्वकप छनोटमा युएईविरुद्धको खेलले पनि प्रमाणित गर्छ। १२ अक्टोबर २०२५ मा भएको उक्त खेलमा नेपाल १ रनले विजयी भएको थियो।

१४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

उही अनुहार, फरक आत्मविश्वास

आगामी विश्वकपमा नेपाल २०२४ कै आधारमा उभिएको छ। त्यस टोलीका १० खेलाडी फेरि टोलीमा छन्। कप्तानीमा पनि निरन्तरता छ, रोहित पौडेल। उमेरले युवा भए पनि उनी अब आशा होइन, भरोसाको नाम बन्दै गएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनले उनको नेतृत्वलाई थप प्रमाणित गरेको छ। लुम्बिनी लायन्सले खराब सुरुआत गरेको थियो।

600284270_1176698907946695_7450736857174391015_n

तर, लगातार जित निकाल्दै उपाधि जित्यो। त्यसलाई रणनीतिक सफलतामात्र मान्न सकिने अवस्था छैन। दबाबमा निर्णय लिन सक्ने क्षमता उनीमा छ भन्ने प्रमाणित पनि भएको छ।

नेपाली टोलीमा सबै खेलाडी सक्रिय घरेलु लिगबाट आएका छन्। एनपीएलले खेलाडीलाई निरन्तर प्रतिस्पर्धा, राम्रो तयारी र विदेशी खेलाडीहरूसँग खेल्ने मौका दिएको छ। नन्दन यादव र शेर मल्लाजस्ता खेलाडी यही प्रतियोगिताबाट राष्ट्रिय टोलीमा पुगेका हुन्। यी दुईले फाफ डु प्लेसिस, मार्टिन गुप्टिल र जिमी निशामसँग खेलेर अन्तर्राष्ट्रिय स्तरको ‘एक्सपोजर’ बटुलिसकेका छन्।

597785467_1176699094613343_1405933815035896532_n

अर्को कुरा ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपाल अपराजित रह्यो। त्यसअघि युएईमा वेस्ट इन्डिजलाई २–१ ले हराउनु ऐतिहासिक उपलब्धि थियो। पूर्ण सदस्य राष्ट्रविरुद्ध जित अब नेपालका लागि असम्भव रहेन।

‘प्लेअर टु वाच’

शेर र करण केसी अहिले नेपालका दुई फरक तर महत्त्वपूर्ण अनुहार हुन्। शेर नियन्त्रण र धैर्यमा आधारित अफ–स्पिनर हुन्।

एनपीएलमा २०२५ मा उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बने। नयाँ बल दिएर प्रयोग कप्तान रोहित रोहितले जोखिम लिएका थिए। तर, १७ विकेट लिँदै रोहितको विश्वासमा उनी खरो उत्रिए।

622781742_1357644993058544_9083066647279896788_n

करणको खेल भने समयसँगै परिपक्व भएको छ। उनी अब पहिलेभन्दा छिटो र सटीक छन्। २०२३ एसिया कपमा रोहित शर्माविरुद्ध देखाएको प्रभाव अहिले निरन्तरतामा परिणत हुँदैछ। ब्याटिङ योगदानले उनलाई अझ उपयोगी बनाएको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

Bajaj Pulsar Motorcycle Ad
फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै