१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि
मंगलबार, १३ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बू ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने भएको छ।
यो प्रतियोगिता खुम्बू ल्होसार कपको १५औं सस्करण हो। शेर्पा समुदायको प्रमुख पर्व ल्होसारको अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुनेछन्। प्रतियोगितामा महेन्द्र ज्योति एक्स स्टुडेन्ट फारम फराक महेन्द्र ज्योति पूर्व विद्यार्थी फोरम, नाम्चे युवा समूह खुम्जुङ युथ क्लब, खन्दे कम्युनिटी क्लब, खुम्चे खुन्दे सामुदायिक क्लब, ठमिछोवा क्लब, अमादब्लम युथ वृष, खुम्बू युवा सेवा समाज र खुम्बू युनाइटेड गरी ८ क्लबले प्रतिस्पर्धा गर्नेछन्।














