शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

शुक्रबार, ०९ माघ २०८२खेलपाटी संवाददाता
नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै
mustang rice ad

काठमाडौं। नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ प्रतियोगिता आइतबार हुने भएको छ।

हिमालयन चेस एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो।

एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूले भने, ‘चेसमा पजल सोल्भ गर्दा खेलको विश्लेषणलाई सहज बनाउँछ। समग्रमा पजल सोल्भिङले चेस खेल्ने क्षमता अभिबृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। त्यसैले डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट २०२६ को एउटा प्रतियोगिताको रुपमा नेपालमा पहिलोपल्ट पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो।’

इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) सन् २००५ मा सुरु भएको हो। गत वर्ष भएको २१ औं संस्करणमा २८ देशका ४६ सहरमा ७ सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए। त्यसैले २२ औं संस्करणमा नौ सय बढी खेलाडीको कीर्तिमान उपस्थिति हुने अपेक्षा गरिएको छ, जहाँ २७ देशका ६५ सहरमा एकसाथ २५ जनवरी (आइतबार) मा आयोजना गरिदैछ। यसमा नेपालका काठमाडौं) तथा भारतका ९ सहर पनि छन्।

पजल सोल्भिङ कन्टेस्ट हिमालयन चेस एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै चेस हलमा प्रतियोगिता सञ्चालन गर्दैछ। यहाँ उत्कृष्ट नतिजा ल्याउने खेलाडीले २०२६ अगस्टमा जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म सञ्चालन हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागि हुने अवसर पाउने छन्।

एकेडेमीका निर्देशक खम्बूका अनुसार डब्लुएफसीसीको रेटेड इभेन्टको रुपमा आयोजना हुने सोल्भिङ कन्टेस्टमा अनुभवी खेलाडीले क्याटगोरी १, कम अनुभवीले क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीले जुनियरको क्याटगोरी ३ मा प्रतिस्पर्धा गर्नेछन्। क्याटगोरी १ र २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन्। कन्टेस्टमा करिब ३० जना सहभागि हुने अपेक्षा गरिएको छ।

खेलाडीले पजल सोल्भ गरेर पेपर गरेपछि त्यो पेपरलाई एकेडेमीले डब्लुएफसीसीमा पठाउनेछ। त्यहाँ पुनः पेपर जाँच गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने पनि खम्बू बताए। २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औं प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट। उसले यसअघि ब्ल्ट्जि, र्यापिड र क्लासिकल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो