नेपालले ३ गोलको अग्रता जोगाउन सकेन
मंगलबार, ०६ माघ २०८२खेलपाटी संवाददाता
-1768897962219.jpg&w=3840&q=75)
फाइल तस्बिर
काठमाडौं। ३ गोलको अग्रता जोगाउन नसक्दा नेपाल साफ पुरुष फुटसल च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिन असफल भएको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपाल र पाकिस्तानले ४–४ को बराबरी खेलेको हो।
प्रतियोगितामा नेपालले यो दोस्रो बराबरी हो। नेपालले भारतसँग ३–३ को बराबरी खेलेको थियो। श्रीलंकालाई भने २–१ ले हराएको थियो।
योसँगै नेपालले ३ खेलबाट पाँच अंक पुर्याएको छ। नेपाल तेस्रो स्थानमा यथावत छ। समान खेलबाट ७ अंक पुर्याएको पाकिस्तान भने माल्दिभ्सलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ।








-1768813120551.jpg&w=3840&q=75)

-1768893498186.jpeg&w=3840&q=75)




-1768819663565.jpeg&w=3840&q=75)