शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

शुक्रबार, ०४ पौष २०८२खेलपाटी संवाददाता
ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित
Classic Tech Internet Ad

काठमाडौं। आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापा सम्मानित भएका छन्।

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) नेपालले शुक्रबार उनलाई राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्मान गरेको हो। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

संयुक्त अरब इमिरेट्स (युएई) भएको च्याम्पियनसिपको ५४ केजी तौलसमूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कांस्य पदक सुनिश्चित गरेका थिए। कांस्य पदकसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गरे।

सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए। विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र हालसम्मका एक्ला नेपाली बक्सर हुन्।

उक्त प्रतियोगितामा नेपालबाट चन्द्रसहित पाँच खेलाडी सहभागी थिए। ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। लालप्रसाद उप्रेती क्वार्टरफाइनलसम्म पुग्दै १० हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भए भने बाँकी खेलाडीहरू पहिलो चरणबाटै बाहिरिएका थिए।

टोलीका प्रशिक्षकमा प्रकाश थापा मगर, दिपक महर्जन र सुजित पुन मगर रहेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

Bajaj Pulsar Motorcycle Ad
रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने