रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य
बिहिबार, मंसिर ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। रवी बोपाराको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।
चितवनका रवीले सर्वाधिक ६६ रन बनाए। उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान कुशल मल्लले १८ बलमा १ छक्कासहित २१ रन बनाए।
सैफ जैब १५, देव खलान १४ र दीपक बोहरा १० रनमा पेभिलियन फर्किए। लुम्बिनीका रुबेन ट्रम्पलमनले सर्वाधिक ३ विकेट अविनाश गौतम र गुलाबदीन नाबी समान २ विकेट खातामा राख्न सफल भए।






%20(1)-1763645320295.jpeg&w=3840&q=75)







