दाजुभाइको निराशाजनक सुरुआत
बिहिबार, मंसिर ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। दोस्रो हाफमा सम्हालिन नसक्दा हामी दाजुभाइ फुटबल क्लबले सी डिभिजन लिग छनोटमा निराशाजनक सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा दाजुभाइले लिखु भुजी रामेछाप युथ क्लबसँग २-२ गोलको बराबरी खेलेको हो।
दाजुभाइका हेमन्त धामी र सायाश श्रेष्ठले गोल गर्दै १९औं मिनेटभित्र नै बलियो सुरुआत दिलाएका थिए।
तर, ७४औं मिनेटमा सुगम भुलान र ८८औं मिनेटमा चन्द्र हाङ लिम्बूले गोल फर्काउँदै रामेछापलाई बचाए।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)


