नेपालगञ्जको पुनरागमन जित
बिहिबार, मंसिर ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालगञ्ज ११ स्पोर्टिङ क्लबले सी डिभिजन लिग छनोटमा पुनरागमन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा पाथीभरा फुटबल क्लबविरुद्ध नेपालगञ्ज ११ ले २-१ को जित हात पारेको हो।
पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, ५६औं मिनेटमा प्रशान्त प्रधानको गोलमार्फत पाथीभराले सुरुआती अग्रता लियो।
इन्ज्युरी समयमा भने नेपालगञ्जले खेलमा पुनरागमन मात्रै गरेन जित पनि हासिल गर्यो।
इन्ज्युरी समयको पहिलो मिनेटमा सुरेश खत्रीले गोल गर्दै खेल बराबरीमा ल्याए। पाँचौं मिनेटमा मदन स्याङ्तानले गोल गर्दै ३ अंक दिलाए।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)


