७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक
बिहिबार, मंसिर ५, २०८२खेलपाटी संवाददाता

काठमाडौ। मंसिर ७ गते खेलाडीसहित बस्ने गरि बिहीबारकाे अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्ललबहरूको बैठक सकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान क्लबका पदाधिकारीहरू विरोधमा उत्रिएपछि एन्फाले बैठकमा बोलाएको थियोे।
बैठकमा क्लबहरूले पहिलाकै सहमतिअनुसार राष्ट्रिय लिग गर्नुपर्ने अडान राखेका थिए। स्रोतका अनुसार एन्फाले भने खेलाडीहरूको विरोधका कारण ए डिभिजन लिगमा जान परेको बिफ्रिङ गराएको थियोे। त्यसैले ७ गते तीन पक्षबीच नै बैठक राखेको हो।












-1763569877271.jpg&w=3840&q=75)
